विश्वकै पहिलो तटस्थ अम्पायर पिल्लु रिपोर्टरको निधन
काठमाडौंँ । पूर्व अम्पायर पिल्लु रिपोर्टरको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ । उनी टेस्ट म्याचमा उभिने तटस्थ अम्पायरहरूको पहिलो जोडी मध्ये एक थिए।
रिपोर्टरले सन् १९९२ को विश्वकप सहित १४ टेस्ट र २२ ओडिआई खेलमा अम्पायरिङ गरेका थिए । उनी खेलाडी, प्रसारक र फ्यानहरूबीच उनको हास्य स्वभावका लागि लोकप्रिय थिए।
नोभेम्बर १९८६ मा पाकिस्तान-वेस्ट इन्डिज टेस्टमा भिके रामास्वामीसँगै उनी पहिलो तटस्थ अम्पायर थिए। सन् १९८४ मा भारत इंग्ल्याण्ड दिल्ली टेस्टमा उनले पहिलो पटक अम्पायरिङ गरेका थिए ।

टिप्पणी लेख्नुहोस्