लेख विवरण

एशिया कपमा शतक प्रहार गर्नेलाई रु एक लाख दिने शुक्लाफाँटाको निर्णय

एशिया कपमा शतक प्रहार गर्नेलाई रु एक लाख दिने शुक्लाफाँटाको निर्णय

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.