लेख विवरण

एक दिवसीयमा कुशलको एक हजार रन पूरा

एक दिवसीयमा कुशलको एक हजार रन पूरा

काठमाडौँ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन् ।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन् ।

यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.