एसिया कप छाडेर बिचमै भारत फर्किए बुमराह, नेपाल विरुद्ध नखेल्ने
काठमाडौंँ । एसिया कपमा नेपाली टोली सोमबार (आज) भारत विरुद्ध मैदानमा उत्रदैछ । सुपर–४ मा पुग्नका लागि नेपालले जुनसुकै मूल्यमा यो खेल जित्नैपर्छ । तर, यो खेलअघि नै भारतीय टोलकिा बलर जसप्रित बुमराह एसिया कप छाडेर बिचमै स्वदेश फर्किएका छन् ।
मिडिया रिपोर्ट अनुसार जसप्रित बुमराह तीन दिनको लागि घर आएका छन् । उनले नेपालसँग खेल्ने छैनन्, तर त्यसपछि सुपर–४ खेलका लागि उपलब्ध हुनेछन् । बुमराह बुवा बन्न लागेका छन् र त्यही कारणले उनी एसिया कप २०२३ बीचमै छाडेर घर फर्किएका हुन् ।
बुमराहले हालै आयरल्याण्ड विरुद्धको सिरिजबाट टोलीमा पुनरागमन गरेका थिए । सिरिजमा उनी टिम इन्डियाको कप्तान बनेका थिए । यसअघि बुमराह चोटका कारण मैदानबाट टाढा थिए । यसै कारण उनी आईपीएल २०२३ मा सहभागी भएनन् । बुमराह भारतीय टोलीमा फर्किएपछि फ्यानहरु निकै उत्साहित थिए तर अहिले उनीहरु निराश भएका छन् ।

टिप्पणी लेख्नुहोस्