लेख विवरण

एसिया कप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो

एसिया कप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो

काठमाडौंँ । शकिब अल हसनको नेतृत्वमा रहेको बंगलादेश टोलीले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको हो । योसँगै बंगलादेशले एसिया कपको सुपर–४ मा पुग्ने आशा जीवितै राखेको छ । यसअघि बंगलादेशले श्रीलंकासँग हार बेहोरेको थियो । तर अफगानिस्तान विरुद्धको खेलमा टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो। जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४४.३ ओभरमा २४५ रनमा सिमित भयो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले ७४ बलमा सर्वाधिक ७५ रन बनाए । उनले आफ्नो पारीमा १० चौका र १ छक्का प्रहार गरे । यसबाहेक हसमुतल्लाह शाहिदीले ६० बलमा ५१ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका प्रहार गरे । राशिद खानले १५ बलमा २४ रन बनाए । बंगलादेशका लागि तस्किन अहमदले ४ विकेट लिए । शोरिफुल इस्लामले ३ विकेट लिए । हसन महमुद र मेहन्दी हसन मिराजले १–१ सफलता हात पारे ।

यसअघि बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । बंगलादेशका लागि मेहन्दी हसन मिराज र नजमुल हुसेन शान्तोले शतकीय पारी खेले । मेहन्दीले ११९ बलमा ११२ रन बनाए । उनले आफ्नो इनिङ्समा ७ चौका र ३ छक्का प्रहार गरे । नजमुलले १०५ बलमा १०४ रन बनाए । उनले आफ्नो पारीमा ९ चौका र २ छक्का प्रहार गरे । अफगानिस्तानका लागि मुजिब उर रहमान र गुलबदिन नाइबले १–१ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.