लेख विवरण

नेपाली गीतमा कोहलीको रमाइलो डान्स

नेपाली गीतमा कोहलीको रमाइलो डान्स

काठमाडौंँ । एसिया कप २०२३ मा नेपाललाई हराउँदै भारतीय टोली सुपर–४ मा छनोट भएको छ । नेपालविरुद्धको खेलमा ब्याटिङमा उत्कृष्ट लयमा देखिएको भारतीय टोलीले फिल्डिङमा सामान्य प्रदर्शन गर्यो। टोलीका स्टार खेलाडी विराट कोहलीले पनि साधारण क्याच छोडे। यसैबीच, कोहलीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी नाचिरहेको देखिएका छन् ।

भाइरल भिडियोमा विराट कोहली नेपाली गीतमा नाचिरहेको देखिन्छ । फिल्डिङका क्रममा कोहलीले यस्तो रोचक डान्स गरे । उनी निकै राम्रो मुडमा देखिएका थिए । खेलमा कोहलीले ब्याटिङ गर्ने मौका पाएनन् । यसअघि पाकिस्तानविरुद्धको खेलमा कोहली असफल भएका थिए । उनी मात्र ४ रन बनाएर प्याभिलियन फर्किए । शाहिन अफ्रिदीले उनलाई आफ्नो शिकार बनाएका थिए।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.