एकदिवसीय विश्वकपका लागि भारतीय टोली घोषणा
काठमाडौंँ । एकदिवसीय विश्वकपका लागि भारतीय टोली घोषणा भएको छ । मुख्य चयनकर्ता अजित आगरकरले भारतीय कप्तान रोहित शर्मासँगै टोलीको घोषणा गरेका हुन् ।
घोषणा गरिएको टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव रहेका छन् ।
श्रीलंकामा जारी एसिया कपका लागि छनोट भारतीय टोलीका १८ सदस्यमध्ये १५ विश्वकप टोलीमा परेका छन् । एसिया कप टोलीमा रहेका तिलक वर्मा, प्रसिद्ध कृष्णा र सञ्जु सैमसन भने विश्वकप टोलीमा पर्न सकेनन् ।
भारतले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध चेन्नईमा खेल्नेछ ।
एकदिवसीय विश्वकप ४६ दिनसम्म चल्नेछ, जसमा ४८ खेल हुनेछन्। पहिलो खेल अक्टोबर ५ मा अहमदाबादमा गत विश्वकपको विजेता र उपविजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । नोभेम्बर १२ सम्म समूह चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्