एसिया कप क्रिकेट : अफगानिस्तानविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्दै
काठमाडौंँ । एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्ध श्रीलंकाका कप्तान दाशुन शनाकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तान र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । श्रीलंकाले आफ्नो पहिलो खेलमा शकिब अहल हसनको नेतृत्वमा रहेको बंगलादेशी टोलीलाई पराजित गरेको थियो । योसँगै अफगानिस्तानको टोली बंगलादेशसँग पराजित भएको थियो ।
अफगानिस्तान र श्रीलंकाबीच जारी एसिया कपको समूह चरणको अन्तिम खेल हुँदैछ । यसपछि सुपर–फोर राउण्ड खेलाइनेछ । एसिया कपमा सेप्टेम्बर ६ देखि सुपर–फोर राउण्डका खेलहरु हुँनेछन ।जबकि फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।
श्रीलंकाको प्लेइङ इलेभेन : पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकीपर), सदीरा समराविक्रमा, चारिथ अस्लान्का, धनन्जय डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ भेलालेज, महिश थिक्सना, कसुन राजिथा र मथिशा पाथिराना।
अफगानिस्तानको प्लेइङ इलेभेन : रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, रहमत शाह, हशमतुल्लाह शाहिदी (कप्तान), नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, राशिद खान, मुजीब उर रहमान र फजलहक फारुकी।

टिप्पणी लेख्नुहोस्