एकदिवसीय विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा
काठमाडौंँ । क्रिकेट दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकप २०२३ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । विश्वकपमा अफ्रिकी टोलीको नेतृत्व टेम्बा बाभुमाले गर्नेछन् । विश्वकप अक्टोबर ५ बाट सुरु हुनेछ । यतिबेला अफ्रिकी टोली अस्ट्रेलिया भ्रमणमा रहेको छ ।
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो खेल अक्टोबर ७ मा श्रीलंकासँग खेल्नेछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । यसअघि टोलीले सेप्टेम्बर २९ मा अफगानिस्तान र २ अक्टोबरमा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्नेछ । विश्वकपमा कप्तानी गर्ने टेम्बा बाभुमाले केही समययता एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको नेतृत्व गर्दै आएका छन् ।
टोलीमा गेराल्ड कोएत्जीलाई पनि मौका दिइएको छ । उनले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । कोएत्जीले दक्षिण अफ्रिकाका लागि अहिलेसम्म २ टेस्ट, २ एकदिवसीय र ३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले टेस्टमा ९, एकदिवसीयमा ५ र टी–२० अन्तर्राष्ट्रियमा ३ विकेट लिएका छन् ।
यसबाहेक अनुभवी ब्याट्सम्यानहरुलाई पनि टोलीमा समावेश गरिएको छ । जसमा विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी कक, हेनरिक क्लासेन, एडेन मार्कराम, डेभिड मिलर र रस्सी भान डेर डुसेन जस्ता खेलाडीहरु रहेका छन्। योसँगै बलिङमा एनरिक नोर्किया जस्ता फास्ट बलरलाई मौका दिइएको छ ।
विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली : टेम्बा बावुमा (कप्तान), जेराल्ड कोएत्जी, क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, सिसान्डा मगला, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्टजे, कागिसो रबाडा, तबरेज शाम्सी र रासी वान डेर डुसेन ।

टिप्पणी लेख्नुहोस्