नेपाली क्रिकेटरको जुत्तामा कोहलीले दिए अटोग्राफ
काठमाडौंँ । एसिया कपमा पहिलो पटक खेलेको नेपालको यात्रा सोमबार भारतसँग पराजित भएपछि टुङ्गिएको छ । क्रिकेट इतिहासमा पहिलो पटक यी दुई देशका सिनीयर टोलीले खेलेका हुन् । खेलपछि भारतीय टोलीले नेपालका क्रिकेटरसँग कुराकानी गरेको थियो । यसै क्रममा भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले नेपालका अलराउन्डर सोमपाल कामीलाई अटोग्राफ दिएका छन् ।
कोहलीले सोमपाललाई जुत्तामा अटोग्राफ दिएका छन् । सोमपालले सामाजिक सञ्जाल इन्स्टाग्राममा विराटसँगको च्याट र अटोग्राफ लिएका केही तस्विर शेयर गरेका छन् । शेयर गर्दै उनले लेखेका छन्, ‘विराट कोहली क्रिकेटर मात्र होइनन् । उनी एक भावना पनि हुन् । त्यसपछि उनले केही ह्यास ट्यागहरूसँगै यो क्षणलाई परिभाषित गरेका छन्।
सोमपालले आफ्नो पोस्टको ह्यास ट्यागमा मोटिवेशन (प्रोत्साहन), रेस्पेक्ट (सम्मान), ड्रीम कम ट्रू (सपना साकार), फ्यान ब्वाइ जस्ता शब्दहरू पनि लेखेका छन्। खेलमा नेपाल १० विकेटले पराजय भएपनि सोमपालले उत्कृष्ट प्रदर्शन गरेका थिए । आठौंँ नम्बरमा ब्याटिङ गर्दै उनले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

टिप्पणी लेख्नुहोस्