विश्वकपका लागि टोलीमा स्थान पाएलगत्तै डी ककद्धारा सन्यास घोषणा
काठमाडौंँ । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले सन्यासको घोषणा गरेका छन् । उनले विश्वकप पछि एकदिवसीय ढाँचाको क्रिकेटलाई अलविदा भन्नेछन्। मंगलबार दक्षिण अफ्रिकाले विश्वकपका लागि टोली घोषणा गरेको थियो । डी ककले पनि अफ्रिकी टोलीमा स्थान पाए तर लगत्तै एकदिवसीयबाट सन्यासको घोषणा गर्दै दक्षिण अफ्रिकी क्रिकेट बोर्डलाई झटका दिए ।
भारतमा आयोजना हुने विश्वकपको पहिलो खेल अक्टुबर ५ मा हुनेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । क्विन्टन डी कक विश्वकपपछि एकदिवसीय ढाँचाको क्रिकेट खेल्ने छैनन् ।
क्विन्टन डी कोकको एकदिवसीय करियरमा हेर्दा उनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै १४० खेल खेलेका छन् । उनले दक्षिण अफ्रिकाका लागि ५४ टेस्ट र ८० टी(२० खेल खेलेका छन् । १४० एकदिवसीय खेलमा क्विन्टन डी कोकले ५ हजार ९ सय ६६ रन बनाएका छन् । डी कोकको औसत ४४.८६ र स्ट्राइक रेट ९६.०९ रहेको छ । डि कोकले एकदिवसीय क्रिकेटमा १७ शतक बनाएका छन् । क्विन्टन डी कोकले २९ पटक ५० रन पार गरेका छन् ।

टिप्पणी लेख्नुहोस्