न्युजिल्यान्डका कप्तान केन विलियम्सनले विश्वकप खेल्ने
काठमाडौं । न्युजिल्यान्डका एकदिवसीय कप्तान केन विलियम्सनले विश्वकप खेल्ने भएका छन् । उनी घुँडाको चोटबाट निको भई हाल टोलीसँग इङ्ल्यान्डमा छन्।
न्युजिल्यान्ड क्रिकेटले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "विलियम्सनलाई गत मार्चमा आईपीएलको समयमा चोट लागेको थियो र अक्टोबरमा हुने प्रतियोगिता अघि निश्चित रूपमा निको हुनेछन। उनी अहिले छिटो रिकभर भइरहेका छन्।"
यसअघि प्रशिक्षक ग्यारी स्टेडले विलियम्सनसँग विश्वकपका लागि आफ्नो फिटनेस प्रमाणित गर्न दुई साताको समय रहेको र उनले त्यसको ठूलो सदुपयोग गरेको बताएका थिए ।
विश्वकपका लागि न्युजिल्याण्डको १५ सदस्यीय टोली सेप्टेम्बर ११ का दिन अकल्याण्डमा छनोट हुनेछ । विलियम्सनलाई आईपीएल २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सका लागि बाउन्ड्रीमा फिल्डिङ गर्ने क्रममा चोट लागेको थियो ।

टिप्पणी लेख्नुहोस्