एसियन शारीरिक सुगठन स्पोर्टस् च्याम्पियनसिपमा रजनीलाई स्वर्ण
काठमाडौं । रजनी श्रेष्ठले काठमाडौँमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेकी छिन् ।
महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सहित हालसम्मको नतिजामा नेपालले तीन स्वर्ण जितेको छ । भियतनामकी दिन्ह किम लोन तेस्रो भइन् ।
अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाइल्यान्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कांस्य जिते ।
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घको व्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमीसम्मको पुरुष फिजिकल विधामा राजु राईले रजत पदक जिते ।
उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कांस्य पदक जितेका थिए । मंगगलबारसम्मको नतिजामा नेपालले ३ स्वर्ण ६ रजत र ३ कांस्य पदक प्राप्त गर्न सफल भएको छ ।

टिप्पणी लेख्नुहोस्