अफगानिस्तानलाई दुई रनले हराउँदै श्रीलंका एसिया कपको सुपर फोरमा
काठमाडौंँ । रोमाञ्चक खेलमा श्रीलंकाले अफगानिस्तानलाई २ रनले पराजित गरेको छ । योसँगै दशुन शनाकाको टोली एसिया कपको सुपर–फोर चरणमा प्रवेश गरेको छ । र अफगान टोलीको सुपर–फोर राउण्ड खेल्ने सपना चकनाचुर भएको छ । जितका लागि २९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानको टोली ३७.४ ओभरमा २८९ रनमै सिमित भयो ।
टस जितेर पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो । र अफगानिस्तानलाई जितका लागि २९२ रनको लक्ष्य दिएको थियो । सुपर–फोर राउण्डमा पुग्न अफगान टोलीले ३७ दशमलव १ ओभर वा सोभन्दा अगाडि लक्ष्य हासिल गर्नुपर्ने थियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ३२ बलमा ६५ रनको इनिङ खेले। उनले आफ्नो इनिङ्समा ६ चौका र ५ छक्का प्रहार गरे । सोही क्रममा अफगानिस्तानका कप्तान हसमुतुल्लाह शाहिदीले ६६ बलमा ५९ रन बनाए । उनले आफ्नो पारीमा ३ चौका र १ छक्का प्रहार गरे ।
श्रीलंकाका लागि कसुन रजिथाले सर्वाधिक ४ विकेट लिए । दुनिथ भेलेगेले र धनञ्जय डि सिल्भाले २–२ विकेट लिए । महिष तिक्षना र महिथा पाथिरानाले १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्