लेख विवरण

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ । एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग उसैको मैदानमा दुई सय ३८ रनले पराजित भएको थियो ।

जितसँगै भारत सुपर चारमा प्रवेश गरेको छ । पाकिस्तानले यसअघिनै सुपर चारमा स्थान बनाईसकेको छ । भारत र पाकिस्तानबीच शनिबारको खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले बलिया टोली पाकिस्तान र भारतसँग पहिलो पटक खेलेको हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.