लेख विवरण

एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

काठमाडौंँ । भारतमा हुने एकदिवसीय विश्वकपका लागि क्रिकेट अष्ट्रेलियाले आफ्ना १५ खेलाडीको नाम सार्वजनिक गरेको छ । गत महिनाको सुरुमा अष्ट्रेलियाले विश्वकपका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको थियो र अहिले त्यसबाट ३ खेलाडीलाई हटाएर मुख्य टोली घोषणा गरिएको छ ।

पाँच पटकको एकदिवसीय विश्वकप उपाधि विजेता अष्ट्रेलियाको टोलीमा स्थान नपाएका ३ खेलाडीमा फास्ट बलर आरोन हार्डी, अलराउन्डर नाथन एलिस र स्पिनर तनवीर सांघा रहेका छन् ।

अस्ट्रेलियाले आफ्नो एकदिवसीय विश्वकप टोलीमा कप्तान प्याट कमिन्स बाहेक जोस हेजलवुड, मिचेल स्टार्क र सन एबटको नाम समावेश गरी ४ तेज बलरलाई स्थान दिएको छ । यसबाहेक ग्लेन म्याक्सवेलले पहिलो स्पिन अलराउन्डरका रूपमा टोलीमा स्थान पाएका छन् । योसँगै २ स्पिनर एस्टन एगर र एडम जम्पा समावेश भएका छन् ।

विश्वकपअघि अस्ट्रेलियाली टोलीले भारतसँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । यो शृङ्खलामार्फत उसले आफ्नो टोलीको तयारीलाई अझ राम्रोसँग परीक्षण गर्न सक्नेछन् । भारत र अष्ट्रेलियाबीचको एकदिवसीय खेल सेप्टेम्बर २२, २४ र २७ मा हुनेछ । त्यस्तै, विश्वकपमा अस्ट्रेलियाको पहिलो खेल अक्टोबर ८ मा भारतसँग हुनेछ ।

एकदिवसीय विश्वकपका लागि अष्ट्रेलियाली टोली : प्याट कमिन्स (कप्तान), स्टीभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.