लेख विवरण

राष्ट्रिय उमा कुङफु भोलिदेखि

राष्ट्रिय उमा कुङफु भोलिदेखि

काठमाडौंँ । नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका १ सय ८० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष/महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

सान्डाको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमर राई तथा प्याटर्नको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङ रहेका छन् ।

एकदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकास्थित जरंकुमा हुनेछ । प्रतियोगितालाई लक्षित गरी उमा कुङफु संघले राष्ट्रिय रेफ्री सेमिनार पनि आयोजना गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.