लेख विवरण

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईलाई

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि युएईलाई

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । मलेसियामा शनिबार भएको फाइनलमा युएईले थाइल्यान्डलाई ६ रनले हरायो ।

फाइनल खेलेका युएई र थाइल्यान्ड दुवैले विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् । जितको लागि ७१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड १७.५ ओभरमा सबै विकेटको क्षतिमा ६४ रनमा समेटिएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७० रन बनाएको थियो । नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरिएको हो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.