आईसीसी अवार्डका लागि बाबर आजम र शादाब खानसँगै निकोलस पूरन पनि दौडमा
काठमाडौंँ । पाकिस्तानका कप्तान बाबर आजम बाहेक, शादाब खान र निकोलस पूरन आईसीसी पुरुष प्लेयर अफ द मन्थ (अगस्ट) को लागि मनोनित भएका छन्।
जारी एसिया कपमा बाबरले नेपालविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । उनले नेपालविरुद्ध १३१ बलमा १५१ रन बनाएका थिए । योसँगै बाबर आजम एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १९ शतक प्रहार गर्ने ब्याट्सम्यान बने । उनले यस मामिलामा दक्षिण अफ्रिकाका पूर्व खेलाडी हासिम अमलालाई पछाडि छोडे।
बाबरसँगै अलराउन्डर शादाब खान पनि आईसीसी पुरुष खेलाडीको मनोनयनमा परेका छन् । शादाबले एसिया कप अघि अफगानिस्तान विरुद्धको शृंखलामा बलिङ बाहेक आफ्नो ब्याटिङबाट उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
बाबर आजम र शादाब खान बाहेक वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरन आईसीसी पुरुष खेलाडीको अवार्डका लागि मनोनयनमा परेका छन् । पूरनले हालै भारतविरुद्धको टी–२० सिरिजमा १७६ रन बनाएका थिए । उक्त सिरिजमा उनले १४१.९३ को औसतमा रन बनाएका थिए ।

टिप्पणी लेख्नुहोस्