लेख विवरण

एसिया कप क्रिकेट : भारत र पाकिस्तानबीचको खेल अब रिजर्भडेमा हुने

एसिया कप क्रिकेट : भारत र पाकिस्तानबीचको खेल अब रिजर्भडेमा हुने

काठमाडौंँ । एसिया कपको सुपर–४ चरणमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षा र भिजेको मैदानका कारण पूरा हुन सकेन । अब खेल रिजर्भ डे अर्थात सोमबार दिउँसो ३ बजेबाट हुनेछ । खेल आज रोकिएको ठाउँबाट सुचारु हुनेछ । खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो र यो स्कोरसँगै थप खेल्नेछ।

भारतीय इनिङ्सको समयमा साँझ भारी वर्षा सुरु भएको थियो । करिब डेढ घण्टासम्म परेको वर्षाका कारण मैदानका केही भाग भिजेको छ । ग्राउन्ड स्टाफले करिब ४ घण्टासम्म ती भाग सुकाउने प्रयास गरिरहे । कर्मचारीहरुले कहिले फोहोर फाल्ने, कहिले पंखाको हावाले ती ठाउँहरू सुकाउने प्रयास गरे।

यस अवधिमा अम्पायरहरूले धेरै पटक मैदानको निरीक्षण पनि गरे। चौथो पटक निरीक्षण गर्दा राति ८ः४५ बजे पानी परेपछि खेल रिजर्भ डेमा गर्ने निर्णय भएको थियो ।

खेल रोकिनुअघि पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । विराट कोहली ८ रनमा अविजित छन् भने केएल राहुल १७ रनमा अविजित छन् ।

शुभमन गिल ५८ रन बनाएर आउट भए । उनी शाहीन शाह अफ्रिदीको बलमा सादाब खानको हातबाट क्याच भएका थिए । यसअघि कप्तान रोहित शर्मा (५६ रन)लाई शादाब खानले फहिम अशरफको हातबाट क्याच गराएका थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.