युएस ओपनको उपाधि कोको गफलाई
काठमाडौंँ । अमेरिकी युवा टेनिस खेलाडी कोको गफले शनिबार युएस ओपनको फाइनलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै युएस ओपनको उपाधि जितेकी छिन् । १९ वर्षीय गफको यो करियरकै पहिलो ग्राण्डस्लाम उपाधि हो ।
फाइनलमा पहिलो सेट गुमाएकी गफले शानदार पुनरागमन गर्दै खेल २-६, ६-३, ६-२ ले जितिन्। गफ सन् २०१७ यता यो उपाधि जित्ने पहिलो अमेरिकी खेलाडी बनेकी छिन् । यो उपलब्धि अन्तिम पटक सोलन स्टीफनले सन् २०१७ मा पूरा गरेकी थिइन।

टिप्पणी लेख्नुहोस्