एसिया कपमा पराजयपछि एकदिवसीय वरियतामा नेपाल यथावत
काठमाडौंँ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आइतवार (आज) सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाल यथावत रहेको छ । वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल सोही स्थानमा रहेको थियो ।
जारी एसिया कपमा भारत वा पाकिस्तानलाई पराजित गर्न सकेको खण्डमा नेपालले आफ्नो एकदिवसीय वरियतामा सुधार गर्ने अपेक्षा नेपाली क्रिकेट सर्मथकहरुले गरेका थिए । तर त्यसो हुन सकेन । वरियतामा नेपालले ४२ खेलमा १ हजार ४ सय ४६ अंक बनाएको छ र टोलीको ३४ रेटिङ रहेको छ ।
वरियतामा एसोसियट राष्ट्रको रुपमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाली भन्दा माथी नेदरल्षण्ड (१४) र स्कटल्याण्ड (१२) औं स्थानमा रहेको छ । वरियताको पहिलो स्थानमा अष्ट्रेलिया ले स्थान बनाउन सफल भएको छ । यसअघि पहिलो स्थानमा रहेको पाकिस्तान एक स्थान तल झर्दै दोस्रो स्थानमा पुगेको छ ।
वरियतामा भारत (३), न्युजिल्याण्ड (४), इङल्याण्ड (५), दक्षिण अफ्रिका (६), बङलादेश (७), श्रीलंका (८), अफगानिस्तान (९), वेस्टइन्डिज (१०) र जिम्बाब्बे (११) औं स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्