लेख विवरण

एसिया कप क्रिकेट : भारतद्वारा पाकिस्तानलाई ३५७ रनको लक्ष्य

एसिया कप क्रिकेट : भारतद्वारा पाकिस्तानलाई ३५७ रनको लक्ष्य

काठमाडौं । एसिसी एसिया कप क्रिकेट सुपर चारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि तीन सय ५७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा दुई विकेटको क्षतिमा तीन सय ५६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले ९४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा अविजित एक सय २२ रन बनाए । केएल राहुल एक सय ६ बलमा १२ चौका र दुई छक्काको सहयोगमा अविजित एक सय ११ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विराटको ४७औं र केएलको छैटौं सतक हो ।

यस्तै शुभमन गिल ५२ बलमा १० चौकाको सहयोगमा ५८ र कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र चार छक्काको सहयोगमा ५६ रन बनाए । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.