लेख विवरण

आइरनम्यान विश्व च्याम्पियनसिपमा भाग लिने विनम नेपालका पहिलो खेलाडी

आइरनम्यान विश्व च्याम्पियनसिपमा भाग लिने विनम नेपालका पहिलो खेलाडी

काठमाडौं । विश्वकै साहसिक खेलको रुपमा रहेको विश्व आइरनम्यान च्याम्पियनसिपमा नेपालका विनम श्रेष्ठले भाग लिएका छन् । आइरनम्यान विश्व च्याम्पियनसिपमा भाग लिने विनम नेपालका पहिलो खेलाडी हुन ।

फ्रान्सको निसमा आइतबार सम्पन्न भएको च्याम्पियनसिपमा ९३ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आइरनम्यान पौडी, साइक्लिङ र दौड सम्मिलित ट्रायथलन प्रतियोगिता हो ।

यस च्याम्पियनसिपमा ३.९ किमी पौडी, १८०.२ किमी साइक्लिङ र ४२.२ किमी दौड समावेश गरिएको थियो । खेलाडीलाई यस प्रतियोगिता सम्पन्न गर्न १७ घण्टाभन्दा बढी समय लाग्दछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.