लेख विवरण

भोजपुरमा बिहानी फुटबल प्रतियोगिता हुँदै

भोजपुरमा बिहानी फुटबल प्रतियोगिता हुँदै

टक्सार । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधबारदेखि सुरु हुने अण्डर १६ अन्तर विद्यालयस्तरीय बिहानी कप फुटबलको तयारी सकिएको छ ।

बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाउने छन । आयोजक बिहानी फुटबल क्लवले मङ्गलवार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी सकिएको र प्रतियोगितामा १४ वटा विद्यालयको टिमले सहभागिता जनाउने जानकारी दिएको हो ।

भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा हुने प्रतियोगितामा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाभित्रका गरी १४ विद्यालयले सहभागिता जनाउने फुटबल सङ्घका जिल्ला प्रशिक्षक बिनम श्रेष्ठले बताए ।

प्रतियोगितामा लक्ष्मी मावि आम्तेक, सिंहदेवी मावि हेलौछा, विद्योदय मावि भोजपुर, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दावा, सिद्धकाली इङ्लिस बोर्डिङ स्कुल भोजपुर, जनसेवा आवि भोजपुर, भोजपुर एकेडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, जाल्पा मावि भैसिपंखा, पञ्चकन्या मावि बोखिम, सगरमाथा इङ्लिस बोर्डिङ स्कुल भोजपुर, यशोधरा मावि टक्सार र जनकल्याण मावि आम्तेकको टिमले सहभागिता जनाउने आयोजक बिहानी फुटबल क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिए ।

रु एक लाख ६० हजारको लागतमा सञ्चालन हुन लागेको प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले रु २० हजार र रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता यही २७ गते देखि ३० गतेसम्म सञ्चालन हुनेछ । बुधवार छ वटा विद्यालयका टिमबीच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.