लेख विवरण

एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई २२९ रनले हरायो

एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई २२९ रनले हरायो

काठमाडौंँ । एसिया कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो सुपर ४ खेलमा भारतीय क्रिकेट टोलीले पाकिस्तानलाई २२९ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले २ विकेट गुमाएर ३५६ रन बनाएको थियो । जवाफमा पाकिस्तानी टोलीले १२८ रन मात्र बनायो । खेलमा भारतका लागि विराट कोहली र केएल राहुलले उत्कृष्ट शतक बनाए साथै कुलदीप यादवले ५ विकेट लिए । पाकिस्तान विरुद्ध रनको हिसाबले भारतको यो सबैभन्दा ठूलो जीत हो।

पाकिस्तानका नसिम शाह र हरिस रउफ फिट नभएका कारण मैदान आउन नसकेपछि टोलीले ८ विकेट गुमाएपछि खेल समाप्त भएको थियो । भारतका लागि कुलदीप यादवका अलावा हार्दिक पाण्डेय, जसप्रित बुमराह र शार्दुल ठाकुरले एक एक विकेट लिए । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए । आगा सलमान र इफ्तिखार अहमदको ब्याटबाट २३–२३ रन आयो । यसबाहेक कप्तान बाबर आजमले १० रन बनाए । यस बाहेक पाकिस्तानका कुनै पनि ब्याट्सम्यान व्यक्तिगत १० रनसम्म पुग्न सकेनन् ।

भारतले एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई यति ठूलो स्कोरको अन्तरले पराजित गरेको थिएन। यसअघि भारतले सन् २००८ मा मिरपुरमा पाकिस्तानविरुद्ध १४० रनको जित दर्ता गरेको थियो ।

भारतका लागि विराट कोहलीले ९४ बलमा अविजित १२२ रन बनाएका थिए । केएल राहुल १०६ बलमा १११ रन बनाएर पेभेलियन फर्किए । यसबाहेक रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाए । पाकिस्तानका लागि शाहिन अफ्रिदी र शादाब खानले १–१ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.