मैत्रीपूर्ण खेलमा इङ्गल्याण्डले पुरानो प्रतिद्वन्द्वी स्कटल्याण्डलाई ३-१ ले हरायो
ग्लासगो । स्टार स्ट्राइकर जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा इङ्गल्याण्डले मैत्रीपूर्ण खेलमा आफ्नो पुरानो प्रतिद्वन्द्वी स्कटल्याण्डलाई ३-१ ले हराएको छ।
इङ्गल्याण्डका लागि बेलिङह्यामले एक गोल गर्दै ह्यारी केनको गोलमा असिस्ट गरे । आयोजक स्कटल्याण्डका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । उसको खातामा एक मात्र आत्मघाती गोल ह्यारी म्यागुइरेले गरे ।
अर्कोतर्फ डर्टमण्डमा भएको मैत्रीपूर्ण खेलमा जर्मनीले विश्वकपको उपविजेता फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जर्मनी टोलीले शनिबार जापानसँग १-४ ले हार बेहोरेपछि हान्सी फ्लिकलाई प्रशिक्षक पदबाट हटाएको थियो ।
यसैबीच, युरोपियन च्याम्पियनसिपको छनोट खेलमा स्पेनले साइप्रसलाई ६–०, अस्ट्रियाले स्वीडेनलाई ३–१, नर्वेले जर्जियालाई २–१, रोमानियाले कोसोभालाई २–०, स्वीट्जरल्याण्डले एन्डोरालाई ३–१ र इजरायलले बेलारुसलाई १–० ले हरायो ।

टिप्पणी लेख्नुहोस्