लेख विवरण

मेस्सीको अनुपस्थितिमा बोलिभियामाथी अर्जेन्टिनाको जित

मेस्सीको अनुपस्थितिमा बोलिभियामाथी अर्जेन्टिनाको जित

काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिनाले लियोनेल मेस्सीको अनुपस्थितिमा बोलिभियालाई ३-० ले हराउँदै विश्वकप २०२६ को दक्षिण अमेरिकी क्वालिफाइङ खेलमा आफ्नो विजय यात्रा जारी राखेको छ ।

अर्जेन्टिनाको यो लगातार दोस्रो जित हो । टोलीले पहिलो हाफमा दुई गोल गर्दै आफ्नो जित सुनिश्चित गरेको थियो । यसैबीच, बोलिभियाका रोबर्टो फर्नाण्डेजले ३९ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

मेसीले थकानका कारण यो खेल गुमाएका थिए । अनुभवी एन्जल डि मारियाले उनको अनुपस्थितिमा टोलीको नेतृत्व गरेका थिए । एन्जो फर्नाण्डेजले ३१ औं मिनेटमा डि मारियाको प्रयासबाट पहिलो गोल गरे । निकोलस टैग्लियाफिकोले ४२ औं मिनेटमा दोस्रो गोल गरे र निको गोन्जालेजले ८३ औं मिनेटमा तेस्रो गोल गर्दै अर्जेन्टिनाको सहज जित सुनिश्चित गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.