लेख विवरण

राष्ट्रिय जुनियर टेबलटेनिस भोलिदेखि

राष्ट्रिय जुनियर टेबलटेनिस भोलिदेखि

काठमाडौंँ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा यु–१९ र यु–१५ उमेरसमूहमा ब्वाइज/गर्ल्स सिंगल्स गरी ४ स्पर्धामा खेल हुने प्रतियोगिता संयोजक समेत रहेका आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २/२ हजार नगद पुरस्कार पाउने छन् ।

शशि कल्याण पाण्डे वेल्फेयर फन्डको प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ । तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.