लेख विवरण

क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम

क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम

काठमाडौंँ । ग्रिनल्यान्ड माविको आयोजनामा १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा जम्मा ६८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन् । सिनियर ब्वाइजमा २८, जुनियर ब्वाइजमा १६ र गर्ल्समा २४ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । समग्रमा १ सय १८ खेल हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । असोज ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.