कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आर्जनलाई स्वर्ण
काठमाडौंँ । स्युचाटार तेक्वान्दो डोजाङका आर्जन श्रेष्ठले ११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आर्जनले पुरुष क्याडेट व्यक्तिगत पुम्सेमा स्वर्ण जितेका हुन् ।
गोदावारी इन्टरनेसनल फिट्नेस तेक्वान्दोका निरब महर्जन दोश्रो तथा अब्सुलुटका सचिन विक र हात्तिवनका विलोभ क्षेत्री तेश्रो भए ।
नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको क्याडेट महिला व्यक्तिगत पुम्सेमा बंगलादेशकी सुहा रायेफा पहिलो, अब्सुलुटकी प्रतिक्षा राणा दोश्रो तथा गोदावारीकी सर्गम थापा र प्रकृति प्रजा तेश्रो भए । प्रतियोगिता भदौ ३१ गतेसम्म चल्ने छ ।

टिप्पणी लेख्नुहोस्