लेख विवरण

नेबा बास्केटबल शुक्रबारदेखि

नेबा बास्केटबल शुक्रबारदेखि

काठमाडौंँ । नेपाल बास्केटबल संघको आयोजनामा नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ४५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए ।

लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको शीर्ष तीन स्थान हात पर्ने टिमले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.