लेख विवरण

श्रीलंकालाई हराउँदै भारत एसिया कप २०२३ को फाइनलमा

श्रीलंकालाई हराउँदै भारत एसिया कप २०२३ को फाइनलमा

काठमाडौंँ । एसिया कप २०२३ सुपर ४ को दोस्रो खेलमा भारतीय टोलीले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एसिया कपको फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ । सेप्टेम्बर १४ मा पाकिस्तान र श्रीलंकाबीच हुने खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउन सक्नेछ ।

सुपर ४ को दोस्रो खेलमा भारतले टस जितेर २१३ रन बनाएको थियो । जवाफमा श्रीलंकाको टोली १७२ रनमै सिमित भयो । खेलमा भारतीय टोलीको जितका हिरो बने कुलदीप यादव। उनले सोमबार पाकिस्तानविरुद्धको खेलमा पनि पाँच विकेट लिएका थिए भने आज श्रीलंकाविरुद्ध ९.३ ओभरमा ४३ रन दिएर ४ विकेट लिए ।

सुपर ४ को पहिलो खेलमा भारतीय टोलीले पाकिस्तानविरुद्ध २२८ रनको जित दर्ता गरेको थियो । उक्त खेलमा भारतीय ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रीलंकाविरुद्ध भारतीय ब्याटिङ केही कमजोर भए पनि टोलीका बलरहरुले बिपक्षी ब्याट्सम्यानहरुलाई समस्यामा पारे । खेलमा कुलदीपसँगै रविन्द्र जडेजा र जसप्रित बुमराहले २–२ विकेट लिए । हार्दिक पाण्डेया र मोहम्मद सिराजले एक एक सफलता हात पारे ।

खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । र श्रीलंकाली खेलाडीको अगाडि टोली २१३ रनमा अलआउट भयो । श्रीलंकाका लागि भेलालागेले ५ विकेट लिए भने चरित असलङ्काले ४ विकेट लिए । महिष टिक्षानाले एक विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.