लेख विवरण

राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक सम्पन्न

राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक सम्पन्न

काठमाडौंँ । राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक विहिवार बसेको छ ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ औ एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ । २९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो ।

यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ । लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.