लेख विवरण

प्रयागराज सिंह सुवाल स्मृति फुटसल : वडा नं ११, १९, १५ र ८ विजयी

प्रयागराज सिंह सुवाल स्मृति फुटसल : वडा नं ११, १९, १५ र ८ विजयी

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहीबार वडा नं ११, वडा नं १९, वडा नं १५ र वडा नं ८ ले जित हात पारेका छन् ।

काठमाडौँ महानगरपालिकाका वडाहरूबिच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा वडा नं ११ ले वडा नं २९ लाई १–० गोलले हरायो । वडा नं ११ का लागि विक्रम महर्जनले निर्णायक गोल गरे ।

दोस्रो खेलमा वडा नं १९ ले वडा नं २ लाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ ले बारबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो । यसैगरी, तेस्रो खेलमा वडा नं १५ ले वडा नं ६ लाई २–० र चौथो खेलमा वडा न ८ ले वडा नं ३१ लाई ३–२ गोलले हरायो । विजयी चारै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

शुक्रबार वडा नं ७ र वडा नं ३२, वडा नं १ र वडा नं २७, वडा नं २५ र वडा नं १७ तथा वडा नं २० र वडा नं ९ बिच खेल हुनेछन् । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ ।

उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.