लेख विवरण

पदक विजेता कराते टोली स्वदेश फर्कियो

पदक विजेता कराते टोली स्वदेश फर्कियो

काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडी टोली बुधबार राति स्वदेश फर्किएको छ ।

सेप्टेम्बर ६ देखि १० तारिखसम्म थाइल्यान्डमा भएको च्याम्पियनसिपमा नेपालले सिनियरतर्फ कांस्यसहित १२ पदक जितेको थियो । नेपालले सिनियरतर्फ एक कांस्यसहित जुनियर र क्याडेततर्फ गरी १२ पदक जितेको हो ।

च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको नेपाली टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.