एकदिवसीय विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा
काठमाडौंँ । अक्टोबर ५ देखि भारतमा हुने एकदिवसीय विश्वकपका लागि अफगानिस्तानको टोली घोषणा भएको छ । अफगान क्रिकेट बोर्डले टोलीको कमाण्ड हस्मातुल्लाह शाहिदलाई सुम्पेको छ । बोर्डले विश्वकपको टोलीमा ठूलो परिवर्तन गरेको छ । एसिया कप खेलेका चार खेलाडी टोलीबाट बाहिरिएका छन् भने तीन नयाँ अनुहारलाई स्थान दिइएको छ ।
अफगानिस्तानले अक्टोबर ७ बाट धर्मशालामा बंगलादेशविरुद्धको विश्वकप अभियान सुरु गर्नेछ । विश्वकप अक्टोबर ५ बाट सुरु हुनेछ ।
एसिया कपमा अफगानिस्तानको टोलीले राम्रो प्रदर्शन गर्न सकेन । टोली प्रतियोगिताको लिग चरणबाटै बाहिरियो । अफगानिस्तानको टोली श्रीलंकासँग २ रनले र बंगलादेशसँग ८९ रनले पराजित भएको थियो ।
विश्वकपका लागि अफगानिस्तान टोलीको कप्तानी हसमतुल्लाह शाहिदलाई दिइएको छ । टोलीबाट एसिया कप खेलेका ४ खेलाडी बाहिरिएका छन् भने ३ नयाँ खेलाडीले विश्वकपको टिकट पाएका छन् । बाहिरिने खेलाडीहरुमा गुलबदिन नाइब, फरीद अहमद, शराफुद्दीन अशरफ, करिम जनात र मोहम्मद सलीम रहेका छन् । तीमध्ये गुलबदिन, फरीद र शराफुद्दिन टोलीका तीन रिजर्भ खेलाडी हुन्। नयाँ अनुहारमा इकराम अली खिल, नूर अहमद र नवीन उल हक रहेका छन् ।
विश्वकपका लागि अफगानिस्तानको टोली : हसमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रहमानउल्लाह गुरबाज (विकेटकीपर), रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्रम अली खिल, रियाज हसन, अब्दुल्ला ओमरजाई, राशिद खान, अब्दुल रहमान, नाबर अहमद, मुजीब उर रहमान, फजलहक फारुकी र नवीन उल हक ।

टिप्पणी लेख्नुहोस्