बेन स्टोक्सले बनाए एकदिवसीय इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर
काठमाडौंँ । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउनबाट चुकेका छन् । लन्डनको ओभल ग्राउन्डमा उनले न्युजिल्यान्डविरुद्ध १८२ रनको पारी खेले । यो इंग्ल्यान्डको एकदिवसीय इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर हो । स्टोक्सले आफ्नो पारीमा १५ चौका र ९ छक्का प्रहार गरे । स्टोक्स भन्दा पहिले जेसन रोयले सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध १८० रन बनाएका थिए ।
लन्डनको केनिङगटन ओभलमा न्युजिल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ४८.१ ओभरमा ३६८ रन बनाउदै अलआउट भयो । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ५ विकेट लिए ।
स्टोक्सले १८२ रन बनाएर इंग्ल्यान्डका लागि सबैभन्दा ठूलो व्यक्तिगत स्कोरको रेकर्ड बनाएका छन् । उनले सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध १८० रन बनाएका जेसन रोयको रेकर्ड तोडेका छन् ।
इंग्ल्यान्डका लागि शीर्ष ६ मध्ये ५ सर्वाधिक स्कोर सन् २०१५ को एकदिवसीय विश्वकपपछि बनेको छ । शीर्ष ६ मध्ये चौथो (१६७ अविजित) सर्वाधिक स्कोर रोबिन स्मिथले सन् १९९३ मा अष्ट्रेलियाविरुद्ध बनाएका थिए ।
स्टोक्सले यदि ५० ओभरसम्म ब्याटिङ गरेको भए इंग्ल्यान्डका लागि दोहोरो शतक बनाउने थिए । र उनी यस्तो गर्ने इंग्ल्यान्डका लागि पहिलो र विश्वको नवौं खेलाडी बन्ने पक्का थियो । हालसम्म ८ देशका ४ खेलाडीले एकदिवसीय खेलमा १० पटक दोहोरो शतक बनाएका छन् । भारतका रोहित शर्माले ३ पटक दोहोरो शतक बनाएका छन् । सन् २०१४ मा उनले श्रीलंकाविरुद्ध २६४ रन बनाएका थिए । यो एकदिवसीय इतिहासमा सबैभन्दा उच्च स्कोर हो ।
रोहित बाहेक भारतका अन्य ४ खेलाडीले पनि एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने उपलब्धि हासिल गरेका छन् । यसमा सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, शुभमन गिल र इशान किशन समावेश छन् ।
पाकिस्तानका फखर जमान (अविजित २१० रन), वेस्ट इन्डिजका क्रिस गेल (२१५ रन) र न्युजिल्यान्डका मार्टिन गुप्टिल (अविजित २३७ रन) ले पनि एकदिवसीय खेलमा दोहोरो शतक बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्