लेख विवरण

राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा सुविन र शुभश्रीलाई स्वर्ण

राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा सुविन र शुभश्रीलाई स्वर्ण

काठमाडौंँ । सुविन क्षेत्री र शुभश्री श्रेष्ठले दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । दुवैले क्याडेट सिंगल्समा स्वर्ण जितेका हुन् ।

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सुविनले सार्थक मानन्धरलाई १२–१०, ११–९, ३–११, ६–११ र ११–७ को सेटमा पराजित गरे । सुजल आचार्य र रिजन शाक्य तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा शुभश्रीले क्यारिना सुवाललाई ९–११, ११–७, ८–११, ११–८ र ११–८ को सेटमा हराइन् । महिमा महता र अंकित वज्राचार्य तेश्रो स्थानमा रहे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.