लेख विवरण

शनिबार वाकाथन र फन रन हुने

शनिबार वाकाथन र फन रन हुने

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा आगामी शनिबार वाकाथन र पाँच किलो मिटरको दौड आयोजना हुने भएको छ । कोषको ५० औं वार्षिकोत्सवको अवसरमा संस्थाले वाकाथन र ५ किलोमिटर दौडको आयोजना गरेको हो ।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले वित्तीय अनुशासन सम्बन्धी सचेतनाका लागि भन्ने नारा सहित वाकाथन र दौडको आयोजना गरिएको बताए । उनले कोषको ५० औं वार्षिकोत्सवको अवसरमा वित्तीय अनुशासन सम्बन्धी सचेतनाका साथै विभिन्न कार्यक्रम गरि मनाउन थालिएको जानकारी दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीबाट सुरु हुने दौड बिहान साढे ६ बजे सुरु हुनेछ । दौड कमलादी, कमलपोखरी, नक्साल, डीसीजीएफ अफिस, गैह्रीधारा, लैनचौर, जमल, घण्टाघर पुगेर पुन कमलादीमा आएर समापन हुनेछ ।

पाँच किलोमिटर दौडका महिला तथा पुरुष विधाका विजेतालाई समान १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुने खेलाडीलाई समान ५ हजार रुपैयाँ पुरस्कारको समेत ब्यवस्था गरिएको छ । कोषको केन्द्रिय कार्यालय टंगालमा वाकाथन र दौडमा सहभागी हुन चाहने ब्यक्तिले नाम दर्ता गर्न सक्नेछन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.