लेख विवरण

एसियाली खेलकुद क्रिकेट : मलेसियाद्धारा हङकङ पराजित

एसियाली खेलकुद क्रिकेट : मलेसियाद्धारा हङकङ पराजित

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत आजदेखी सुरु भएको महिला क्रिकेटको दोस्रो खेलमा मलेसियाले हङकङलाई २४ रनले पराजित गरेको छ । हाङ्झाउको पिङफेङ कलेज क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ९ रन बनाएको थियो । टोलीका लागि विनिफ्रेड दुराईसिंगम (२९), माहिरा इज्जती इस्माइल (२७) र वान जुलिया (२४) रनको योगदान दिए । हङकङका लागि बेट्टी चानले ३ विकेट लिदा केरी चानले २ तथा एलिसन सिउ र मरियम बीबीले १-१ विकेट लिए ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा हङकङको टोली २० ओभरमा ८२ रन बनाउदै अलआउट भयो । टोलीका लागि नताशा माइल्स र मरियम बीबीले समान १५-१५ रन बनाउदा बेला पूनले १४ रन बनाए । यी बाहेक हङकङका खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका लागि निक नुर एटिएलाले सर्वाधिक २ विकेट लिइन । विनिफ्रेड दुराईसिंगम, ऐसिया इलिसा र नुर एरियाना नट्स्याले १-१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा इन्डोनेसियाले मंगोलियालाई १ सय ७२ रनले पराजित गरेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.