लेख विवरण

प्रयागराज सिंह सुवाल स्मृति फुटसल : उपाधिको लागि वडा नं १३ र १४ भिड्ने

प्रयागराज सिंह सुवाल स्मृति फुटसल : उपाधिको लागि वडा नं १३ र १४ भिड्ने

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बिच हुने भएको छ ।

लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० गोलले हरायो । सो खेलमा आरोन खड्काले निर्णायक गोल गरे । आरोन नै म्यान अफ दि म्याच घोषित भए ।

अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० गोलले हरायो । वडा नं १३ को जितमा दुवै गोल आसिस कपालीले गर्नुभयो । आसिस नै म्यान अफ दि म्याच चुनिए । फाइनल खेल बुधबार बिहान १० बजे हुनेछ ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.