एसियाली खेलकुदअघि फुटबलसहित चार खेलमा विवाद
काठमाडौंँ । सेप्टेम्बर २३ देखी हाङ्जाओमा सुरु हुने एसियाली खेलकुदअघि भारतीय कुस्तीमा छाएको गहिरो संकट सबैभन्दा ठूलो विवाद बनेको थियो । भारतीय टोली हङ्जाओ प्रस्थान गर्नुअघि नै धेरै विवादहरू चर्चामा आए।
फुटबल : भारतीय फुटबलमा पुनः एकपटक क्लब र एआईएफएफबीच विवाद चर्किएको छ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले एसियाली खेलकुदका लागि १२ इन्डियन सुपर लिग (आईएसएल) टोलीका खेलाडी रिलिज गर्न कडा मेहनत गर्नुपर्यो। विभिन्न चरणको वार्तापछि स्ट्राइकर सुनिल क्षेत्री र डिफेन्डर सन्देश झिङगनलाई रिलिज गरिएको थियो । आईएसएल क्लबले झिंगान र गोलकिपर गुरप्रीत सिंह सन्धुसहित १३ खेलाडीलाई रिलिज गरेको थिएन् । पछि एआईएफएफले २२ खेलाडीहरूको संशोधित सूची जारी गर्यो जसमा झिंगान बाहेक चिंगलेनसाना सिंह र लालछुन्नुंगा समावेश थिए। यो विवादले एसियाली खेलकुदमा भारतीय टोलीको प्रदर्शनलाई असर गर्न सक्ने फुटबल विज्ञहरुले बताएका छन्।आइतबार भारतीय टोली चीन प्रस्थान गरे पनि चिनियाँ दूतावासबाट यात्रा अनुमति पत्र नपाउदा चिङ्लेन्साना र लालछुङ्गुङ्गा जान सकेका छैनन् ।
कुश्ती : भारतीय कुश्ती खेल मैदानबाहिरको गतिविधिका कारण चर्चामा रह्यो । ओलम्पिक पदक विजेता पुनिया र साक्षी मलिकसँगै सन् २०१८ को एसियाली खेलकुद स्वर्ण पदक विजेता विनेश फोगाट बीजेपी सांसद र भारतीय कुस्ती महासंघ (डब्ल्यूएफआई) का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहलाई बर्खास्त गर्न माग गर्दै झण्डै दुई महिनादेखि धर्नामा बसे। उनीहरुले सिंहमाथि महिला कुश्ती खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए । जसकारण भारतीय खेलकुद मन्त्रालयले कुस्ती महासंघलाई विघटन गरी खेलको जिम्मा भारतीय ओलम्पिक संघले गठन गरेको तदर्थ समितिलाई दिएको थियो । तर यो समिति पनि विवादमा पर्यो । तदर्थ समितिले पुनिया र विनेशलाई ट्रायलबाट छुट दिएपछि हरियाणा र उत्तर प्रदेशका दलहरूबीच झगडा भएको थियो। र अन्ततः विनेश घाइते भएपछि पङ्घललाई मौका दिएको छ । यता छुट पाएपछि पुनिया किर्गिजस्तानमा अभ्यास गर्दैछिन् र त्यहाँबाट चीन पुग्नेछिन् ।
कुराश : भारतीय खेलकुद इतिहासमा सम्भवतः यो पहिलो पटक हो, जहाँ दिल्ली पुलिसको अपराध शाखाले टोलीको छनोट प्रक्रिया छानबिन गरिरहेको छ । मार्शल आर्ट खेल कुराश गलत प्रक्रियाका कारण चर्चामा छ। दिल्ली उच्च अदालतले दिल्ली पुलिसको अपराध शाखालाई कुराश खेल छनोट प्रक्रियाको छानबिन गर्न आदेश दिएको छ। कुरासकी खेलाडी नेहा ठाकुरले एसियाली खेलकुदका लागि टोली छनोट प्रक्रियामा धाँधली भएको भन्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरेकी छन् । उनले भारतीय ओलम्पिक संघको मुख्यालयमा आफ्ना प्रतिद्वन्द्वीहरूले आफूलाई धम्की दिएको र आक्रमण गरेको आरोप लगाएकी छिन्।
घोडा सवारी : भारतीय ड्रेसेज खेलाडी गौरव पुण्डिरले भारतीय इक्वेस्ट्रियन फेडेरेसनले आफ्नो अगाडि अवरोध खडा गरेको कारण आफु एसियाली खेलकुदमा छनोट हुन नसकेको आरोप लगाएका छन् । क्वारेन्टाइन नियमका कारण भारतीय घोडा चीनमा सहभागी हुन नसक्ने कुरा महासंघले आफूबाट लुकाएको पुण्डिरले बताए । यस्तो अवस्थामा उनले युरोप वा अन्यत्र घोडा खोज्न निकै समय खेर फाल्नुपरेको बताए ।

टिप्पणी लेख्नुहोस्