लेख विवरण

एसियाडमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियलको बिदाइ

एसियाडमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियलको बिदाइ

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीलाई बिदाइ गरेका छन् ।

खेलाडीलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमबिच बिदाइ गरिएको हो । असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउ सहरमा सञ्चालन हुने एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागि हुने एपीएफका चार जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष बिश्व बम मल्ल तथा सङ्घका अन्य पदाधिकारीको समेत उपस्थिती रहेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.