बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास हुने
काठमाडौँ । नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप (२०२३ हुने भएको छ ।
सातदोबाटोस्थित स्क्वास हलमा हुने सो प्रतियोगितामा नेपाल स्क्वास र्याकेट्स सङ्घको तीन टिम, बेलायतको ब्रिटिस आर्मीको तीन टिमका साथै क्लब इन्टरको पनि सहभागिता रहनेछ । क्लब इन्टरबाट इटालीका रान्जो एन्डोर्नो, अस्ट्रेलियाका इसाक र बेलायतका धीर पुनले खेल्ने छन ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पुल एकमा ब्रिटिस आर्मीको ए टिम, एनएसआरएको बी टिम, ब्रिटिस आर्मीको सी टिम र क्लब इन्टर रहेका छन् ।
समूह बिमा एनएसआरए टिम ए, एनएसआरए टिम बी र एनएसआरए टिम सी छन् । दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहको छ । प्रतियोगिता असोज ६ गते सकिनेछ ।

टिप्पणी लेख्नुहोस्