लेख विवरण

बंगलादेशका अलराउन्डर नासिर हुसेनमाथि भ्रष्टाचारको आरोप

बंगलादेशका अलराउन्डर नासिर हुसेनमाथि भ्रष्टाचारको आरोप

काठमाडौंँ । बंगलादेशका अलराउन्डर नासिर हुसेन सहित अबु धाबी टी-१० प्रतियोगिता फ्रेन्चाइजी पुणे डेभिल्सका आठ सदस्यलाई आईसीसीको भ्रष्टाचार विरोधी इकाई (एसीयू) ले भ्रष्टाचारको आरोप लगाएको छ। आरोपहरू सन् २०२०-२१ मा अबु धाबीमा खेलिएको टी १० लिग संस्करणसँग सम्बन्धित छन्।

नासिर बाहेक डेभिल्स टोलीका सह-मालिक कृष्णकुमार चौधरी र पराग संघवीको पनि नाम अगाडि आएको छ । अन्य पाँच सदस्यमा युएईका घरेलु क्रिकेटर रिजवान जावेद, श्रीलंकाका सलिया सामन, ब्याटिङ प्रशिक्षक अशेर जैदी, सहायक प्रशिक्षक सन्नी ढिल्लन र टिम म्यानेजर सादाब अहमद रहेका छन् ।

इमिरेट्स क्रिकेट बोर्डले प्रतियोगितालाई स्वच्छ राख्ने उद्देश्यले अनुगमनको जिम्मेवारी एसीयूलाई दिएको थियो । मंगलबारको घोषणा भएको दुई साताभित्र आठ अभियुक्तलाई प्रतिरक्षा पेश गर्न भनिएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.