लेख विवरण

अन्तर विद्यालय बास्केटबल : बीएमसीए र बीएनएको जित

अन्तर विद्यालय बास्केटबल : बीएमसीए र बीएनएको जित

काठमाडौंँ । बीएमसीए र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार जित हात पारेको छ ।

बीएमसीएले हिमालयनलाई २०–१५ तथा बीएनएले रिब्स ‘बी’ लाई २४–१५ ले पराजित गरे । सिनियर गल्र्समै ग्रिनल्यान्डले रिब्स ‘ए’ लाई २३–१४, ल्यान्डमार्कले बेलमाउन्टलाई १८–१३ र सत्यसाइले क्यान्भासलाई २९–१९ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले वेदब्यासलाई ६८–४४ र स्कोलर होम्सलाई ५१–३५, केभीकेएसएसले सेवा सदनलाई २०–१५, पृथ्वीले फ्लोरोसेन्टलाई २७–२४ तथा जेबी स्कुलले बाल संसारलाई ३२–१५ ले पाखा लगाए । जुनियर ब्वाइजमा हिमरश्मीले भ्याली पब्लिकलाई २६–२३ ले पन्छायो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.