लेख विवरण

एसियाली खेलकुदमा क्रिकेट खेल आजदेखि सुरु

एसियाली खेलकुदमा क्रिकेट खेल आजदेखि सुरु

काठमाडौंँ । एसियाली खेलकुद यस वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाउ सहरमा हुँदैछ । ४ वर्षमा एक पटक आयोजना हुने एसियाली खेलकुदमा यसपटक क्रिकेट फेरि समावेश भएको छ । जस अन्तर्गत महिला तर्फका खेलहरु आजदेखि सुरु भएका छन् ।

पछिल्लो पटक क्रिकेट सन् २०१४ मा एसियाली खेलकुदमा समावेश गरिएको थियो । एसियाली खेलकुदका कतिपय इभेन्टका छनोट खेलहरू सेप्टेम्बर २३ अघि सुरु हुँदैछन्। त्यसैले महिला क्रिकेटको छनोट खेल पनि आजबाट सुरु भएको हो ।

आज पहिलो खेल इन्डोनेसिया र मंगोलिया र बीच बिहान ६ः३० बजे सुरु भएको थियो । दोस्रो खेल हङकङ र मलेसियाबीच दिउँसो ११ः३० बजेदेखि हुनेछ । महिला क्रिकेटको फाइनल खेल सेप्टेम्बर २५ मा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका टोलीले सीधै क्वाटरफाइनल खेल्नेछन् । बाँकी ४ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा इन्डोनेसिया र मंगोलिया छन् । यी दुईबीचको खेल हुनेछ, जित्ने टोली ए–१ हुनेछ । समूह बी मा हङकङ र मलेसियाबीच खेल हुनेछ । यो जित्ने टोलीलाई ए–१ हुनेछ।

सेप्टेम्बर २० मा समूह चरणमा हार्ने टोलीबीचको खेल हुनेछ । हार्ने टोलीले भारतसँग खेल्नेछ भने जित्ने टोलीले पाकिस्तानसँग खेल्नेछ ।

भारत महिला टोलीले सेप्टेम्बर २१ मा क्वार्टरफाइनलमा आफ्नो पहिलो खेल खेल्नेछ। सोही दिन पाकिस्तानले पनि प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २२ मा श्रीलंकाले बी–१ टोलीसँग, बंगलादेशले क्वार्टरफाइनलमा ‘ए–१’ टोलीसँग खेल्नेछ। २३ सेप्टेम्बर एसियाली खेलकुदको उद्घाटन दिन हो, यस दिन कुनै खेल हुनेछैनन्। सेप्टेम्बर २४ मा दुईवटा सेमिफाइनल हुनेछ भने कास्य पदकको खेल र सेप्टेम्बर २५ मा फाइनल खेल हुनेछ ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.