लेख विवरण

खपाङगीको नेतृत्वमा कराते टोली बंगलादेश प्रस्थान

खपाङगीको नेतृत्वमा कराते टोली बंगलादेश प्रस्थान

काठमाडौंँ । मित्र राष्ट्र बंगलादेशमा यही सेप्टम्वर २२ देखि शुरु हुन गईरहेको कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ आज प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता अन्तराष्टिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ’ ईश्वर’ ले गर्नेछन भने टिम कोच आर.बि गुरुङले भुमिका निर्वाह गर्नेछन ।

प्रतियोगितामा –५५ किलोमा बुद्धीमान माझी, –६० किलोमा बिर बहादुर कुमाल, –६७ किलोमा बिजय रिमाल र – ७५ किलोमा अभिषेक वाईवा ले प्रतिस्पर्धा गर्नेछन । त्यसैगरि जुनियर ईभेन्टस तर्फ –५५ किलोमा नितास माझी ले प्रतिस्पर्धा गर्नेछ भने चिल्ड्रेन ईभेन्टसमा पुरुष ९–१० बर्षमा शुसान्त खडकाले, ११–१२ बर्ष पुरुषमा कुशल खत्री, १२–१३ बर्षमा शिद्धार्थ खनाल र ११–१२ बर्ष महिलामा प्राश्ना ढकाल ले प्रतिस्पर्धा गर्नेछन ।

टोलीलाई प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) का सचिवालय प्रमुख एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा पुर्व संबिधान सभा सदस्य सन्तुकुमार दराई (परवाना) ले एक बिशेष कार्यक्रम बिच बिदाई गरे । टोलीको अफिसियल तर्फ बिजय कुमार बस्नेत गणेश ढकाल, पुष्पराज गिरि र ऐटन कुमार मल्ल रहेका छन । कराते टोली सोमवार स्वदेश फर्कने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.