लेख विवरण

टेबलटेनिस टोली चीन जाँदै

टेबलटेनिस टोली चीन जाँदै

काठमाडौंँ । एसियाली खेलकुदको १९ औं संस्करण्मा सहभागी हुन नेपाली टेबलटेनिस टोली बुधबार चीनको हाङझाव प्रस्थान गर्दैछ । हाल ५ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी ७ सदस्यीय टोली चीन जान लागेको हो ।

पुरुष खेलाडीमा विलोश श्रेष्ठ, रुविन महर्जन र संयोग कपाली तथा महिलामा सिक्का सुवाल र इभाना थापा मगर छन् । प्रशिक्षकमा सन्जिव ढुंगेल र व्यवस्थापकमा धर्ममान वज्राचार्य छन् ।

टोलीलाई अखिल नेपाल टेबलटेनिस संघका वरिष्ठ उप–संयोजक सुदिल शाही र उप–संयोजक वृजेन्द्र हमालले मंगलबार एक कार्यक्रमबीच बिदइ गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.